सोम, पुस ८, २०८१
Mon, December 23, 2024

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो ।

मिटरब्याजपीडित र सरकारबीच चारबुँदे सहमति

काठमाडौँ — सरकारसँग चारबुँदे सहमतिसँगै मिटरब्याजपीडितले काठमाडौंमा गरिरहेको आन्दोलन अन्त्य भएको छ । काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट माघ १६ बाट पैदल आएर एक हजारभन्दा बढी मिटरब्याजपीडित आन्दोलनरत थिए । मिटरब्याजपीडितसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै सरकारी वार्ताटोली र पीडितका प्रतिनिधिले चारबुँदे सहमति गरेका छन् ।

गृहमन्त्री लामिछानेको प्रहरीलाई अपिल- ‘अपराध गर्नेलाई कारबाही चलाउन मेरो आदेश नपर्खनुस्’

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशका कुनैपनि भागमा अपराध गरेको पाईए आफ्नो आदेश नकुरी कारबाही चलाउन प्रहरीलाई अपिल गरेका छन् ।लामिछानेले मंगरबार फेसबुक स्टाटसलेख्दै यस्तो अपिल गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल विजयी

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै विजयी भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरे । त्यस्तै शर्माले १७ मत प्राप्त गरे ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले मतदान नगर्ने

काठमाडौँ — राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनै पनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

दाहाल र भट्टराईको एकतामा ‘ब्रेक’

माओवादीको चुनाव चिह्न लिएर जितेका नेसपाका संघका दुई र प्रदेशका एक सांसद माओवादीमै फर्किने तयारी
मैले एकताका लागि अन्तिम चान्स दिएको हो । उहाँ (दाहाल) धेरै पर पुगिसक्नु भएको छ : बाबुराम भट्टराई, अध्यक्ष– नेसपा
शीर्ष नेताको व्यस्तताका कारण एकता प्रक्रियाले गति लिएको छैन : अग्निप्रसाद सापकोटा, उपाध्यक्ष– माओवादी केन्द्र

देशमा समृद्धिको खाका कोर्न समीकरण बदलिएको हो : सांसद न्यौपाने

नेकपा (एमाले) की सांसद भगवती न्यौपानेले देशलाई सबै समस्याबाट मुक्त पार्दै समृद्धिको खाका कोर्न सत्ताको समीकरण बदलिएको बताएकी छन् ।