सोम, पुस ८, २०८१
Mon, December 23, 2024

‘नागरिक सम्पत्तिको बिमा गर्न स्थानीय तहले सहयोग गरिदिनुपर्‍यो’

काठमाडौँ — ग्रामीण भेगमा बिमा पहुँच विस्तारका लागि स्थानीय तहले बिमा नीति ल्याउनु पर्ने सरोकारवालाहरुले औंल्याएका छन् । स्थानीय तहमा बिमा नीति नहुँदा नगरपालिका र गाउँपालिकाले नागरिकलाई सहयोग गर्न नसक्दा सो क्षेत्रमा अपेक्षित रुपमा बिमा पहुँच विस्तार हुन नसकेको उनीहरुको भनाइ थियो ।

कुस्मामा बढ्दै छन् सहकारीपीडितका उजुरी

बागलुङ — पर्वतको कुस्मा नगरपालिकाको सहकारी शाखामा बचत रकम भुक्तानी नपाएका समस्यादेखि सहकारी बेथिति आदिका समस्या लिएर आउनेहरू बढ्दै छन् । पीडितका उजुरीका कागजात हेर्दैमा कर्मचारीलाई फुर्सद नरहेको नगरपालिकाले जनाएको छ ।

इतिहासकै उच्च विन्दुमा बिटक्वाइन

काठमाडौँ — पहिलो विकेन्द्रित क्रिप्टो मुद्राका रूपमा चिनिने ‘बिटक्वाइन’ को मूल्य यो साता आफ्नो इतिहासकै उच्चतम विन्दुमा पुगेको छ । मंगलबार प्रतिमुद्रा ६९ हजार अमेरिकी डलर अर्थात लगभग ९१ करोड नेपाली रुपैयाँमा कारोबार भएको बिटक्वाइन बुधबार साँझ ६६ हजार अमेरिकी डलर आसपासमा ओर्लिएको छ । यसअघि सन् २०१९ मा बिटक्वाइनको उच्चतम विन्दु ६५ हजार अमेरिकी डलर पुगेको थियो ।

रेमिट्यान्स साढे २१ प्रतिशतले बढ्यो, सात महिनामा साढे ८ खर्ब

काठमाडौँ — चालु आर्थिक वर्षमा रेमिट्यान्स मार्फत् ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको माघसम्म रेमिट्यान्स २७.१ प्रतिशतले बढेको थियो ।

मल्चर प्रविधिले घटायो गहुँ खेतीको लागत

पर्सा — जगरनाथपुर गाउँपालिका–३ बिजयबनियाका किसान दाजुभाइ जयकिशोर र अभय यादवले यस वर्ष गहुँ खेतीमा नयाँ प्रयोग गरे । धानबाली काटेको खेतमा उनीहरूले गहुँ छर्न न धान बालीको ढुटो/अवशेष फाले, न खेतको जोताइ नै गरे । मेसिनले मल्चर (छाप्रो) लगाउने विधिले यस वर्ष गहुँ खेती गर्दा यादव दाजुभाइले खेतीको लागत ५० प्रतिशतसम्म घटेको बताए ।

निरन्तर घाटामा सरकारी वित्त : ८ महिना बित्दासमेत आम्दानी र खर्च ४४ प्रतिशत मात्रै

काठमाडौँ — आर्थिक वर्षको आठ महिना सकिनै लाग्दा सरकारी वित्त एक खर्ब २१ अर्ब रुपैयाँले घाटामा देखिएको छ । यस अवधिमा सरकारको आय प्राप्तिभन्दा खर्च करिब सवा एक खर्बले धेरै रहेको छ । पुँजीगत खर्च निकै न्यून रहे पनि लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारी वित्त निरन्तर घाटामा गएको हो ।

औसत मूल्यवृद्धि ५ प्रतिशत, मसला र दालको सबैभन्दा धेरै बढ्यो

काठमाडौँ — गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ५.०१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदलने देखाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ७.८८ प्रतिशत रहेको थियो ।

नेप्सेमा २२ अंकको वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ — सातामा पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक २२.१० अंकले बढेर २ हजार ५२.६५ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १.०८ प्रतिशतको वृद्धि हो । गत साता बुधबार र बिहीबार दुबै दिन बढेको नेप्सेले आइतबार पनि सोही प्रवृति पछ्याएको हो ।आइतबार नेप्से बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । ५६ हजार ७ सय २६ वटा कारोबारबाट ७० लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा २ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । गत बिहीबार ३ अर्ब १९ करोडको कारोबार भएको थियो ।