सोम, पुस ८, २०८१
Mon, December 23, 2024

चीनको ‘सीपीपीसीसी’मा छायो नेपाल 

सीपीपीसीसीको राष्ट्रिय समितिका सदस्य एवम् चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष तथा शनचन होङ्फा मन्दिरका मठाधीश यिन शुनले हवाई सिल्क रोडको निर्माणलाई मजबुत बनाउने र बुद्ध भूमि लुम्बिनीमा सिधा उडानको प्रस्ताव राखेर नेपालको गरिमा बढाइदिए ।

बेइजिङमा चिनियाँ जनकांग्रेसको बैठक सुरू, सीपीपीसीसी जारी 

बेइजिङ — चौधौँ चिनियाँ राष्ट्रिय जनकांग्रेस (एनपीसी) को दोस्रो अधिवेशन आजदेखि ग्रेट हल अफ द पिपुल्समा सुरू भएको छ। बेइजिङ समयअनुसार बिहान ९ बजेदेखि सुरू भएको अधिवेशनमा चीनका प्रधानमन्त्री ली छ्याङले प्रस्तुत गरेको सरकारी कार्यप्रतिवेदनमाथि छलफल चल्नेछ।

दक्षिण कोरियाले आन्दोलनरत चिकित्सकमाथि कानुनी कारबाही सुरु गर्ने

सियोल — दक्षिण कोरियाका स्वास्थ्यमन्त्रीका अनुसार सोमबारदेखि त्यहाँका अधिकारीहरूले सरकारले दिएको अल्टिमेटमलाई बेवास्ता गर्ने प्रशिक्षार्थी चिकित्सकविरुद्ध कानुनी कारबाही अगाडि बढाउनका लागि अस्पतालहरूको निरीक्षण सुरु गरेका छन् ।

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३० हजार ६ सय नाघ्यो

काठमाडौँ — इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टिनीको मृत्यु हुने संख्या ३० हजार ६३१ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले मंगलबार साँझ जनाएको छ ।

अरब लिग प्रमुख र सिरियाली विदेशमन्त्रीबीच भेट

काठमाडौँ — अरब लिगका महासचिव अहमद अबोल–घितले मंगलबार सिरियाली विदेशमन्त्री फैसल मेकदादसँग भेटवार्ता गरेका छन् । क्षेत्रीय अवस्थाबारे छलफल गर्नका लागि बुधबारको अरब लिग काउन्सिलको मन्त्रीस्तरीय बैठकअघि दुई जनाबीच भेट भएको हो ।

भरतपुर महानगरपालिका प्रमुख दाहाललाई लन्डनमा अन्तर्राष्ट्रिय अवार्ड

लन्डन — भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले लन्डनमा एक अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छन् । दाहालले हाउस् अफ कमन्सको टेरेस पेभिलियनमा बिहीबार आयोजित समारोहबीच इपिजी नामक संस्थाले प्रदान गरेको ‘पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड्स २०२४’ अन्तर्गत ‘इन्टरनेसनल मेयर अवार्ड’ प्राप्त गरेकी हुन् ।

सन् २०१० मा आजकै दिन : महिला निर्देशकलाई पहिलो पटक अस्कर

काठमाडौँ — सन् २०१० मा आजकै दिन (मार्च ८) मा हलिउड निर्देशक क्याथरिन विगलोले अस्कर अवार्ड जितेकी थिइन् । उनी फिल्म निर्देशनतर्फ अस्कर जित्ने पहिलो महिला हुन् । विगलोले ‘द हर्ट लकर’ फिल्मका लागि २०१० को अस्कर अवार्ड हात पारेकी हुन् ।

पाकिस्तानको राष्ट्रपतिमा जर्दारी विजयी

काठमाडौँ — पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जर्दारी विजयी भएका छन् । जर्दारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर चुनाव जितेको पाकिस्तानी निर्वाचन आयोगले जनाएको छ । जर्दारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो ।

मिटरब्याजपीडित र सरकारबीच चारबुँदे सहमति

काठमाडौँ — सरकारसँग चारबुँदे सहमतिसँगै मिटरब्याजपीडितले काठमाडौंमा गरिरहेको आन्दोलन अन्त्य भएको छ । काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट माघ १६ बाट पैदल आएर एक हजारभन्दा बढी मिटरब्याजपीडित आन्दोलनरत थिए । मिटरब्याजपीडितसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै सरकारी वार्ताटोली र पीडितका प्रतिनिधिले चारबुँदे सहमति गरेका छन् ।