क्यामेरा भएको एयरपड्स ल्याउँदै एप्पल
काठमाडौं । पछिल्लो समय वेयरेबल फिटनेस ट्रयाकिङ डिभाइसहरू विभिन्न आकारमा उपलब्ध छन् । ब्रान्डहरूले ती डिभाइसलाई फरक-फरक डिजाइनले तयार पारेका छन् । मोबाइल वर्ल्ड कङ्ग्रेस २०२४ मा सामसङले ‘स्मार्ट रिङ’ सार्वजनिक गरेको थियो, जसले सटीक रूपमा मानिसको स्वास्थ्यलाई ट्रयाक गर्ने कम्पनीको दाबी छ ।