बुध, मंसिर ५, २०८१
Wed, November 20, 2024

नेपालगन्जमा प्रदेशस्तरीय औद्योगिक, कृषि, व्यापार तथा पर्यटन महोत्सव हुने

प्रादेशिक औद्योगिक कृषि, व्यापार एवम् पर्यटन महोत्सव बारे जानकारी गराउँदै ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यले नेपालगन्जमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । 

नेपालगन्जमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले स्थानीय वाटरपार्कको खुला मैदानमा १३ दिनसम्म सो महोत्सव सञ्चालन गरिने बताउनुभयो । उहाँले महोत्सवबारे जानकारी गराउँदै स्थानीय स्रोतको सदुपयोग गरेर उत्पादन गरिएका लघु घेरलु तथा साना उद्योगहरुद्वारा उत्पादित विभिन्न बस्तुहरुको बजारीकरणका लागि प्रदेस्तरको महोत्सव गर्न लागिएको बताउनुभयो । 

महोत्सवमा २५० देखि ३०० वटासम्म विभिन्न स्टलहरु राखिने जनाउँदै अध्यक्ष खड्काले ती स्टलहरुमा कृषि, वनपैदावर, हस्तकला, उर्जा, बायोग्यास लगायतका सामग्रीहरु प्रदर्शनी गरिने बताउनुभयो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा हरेक दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिने जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जीआर भुषालले महोत्सवमा एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शकले अवलोकन गर्ने तथा दुई करोड जतिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो । 

सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य जिवनाथ सापकोटा, लुम्बिनी प्रदेश महासचिव जयश्वर पौडेल, महासंघ अन्तर्गतकै लुम्बिनी प्रदेश महिला उद्यमी समितिका शर्मिला खत्री, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका उपाध्यक्ष अमृत सिग्देल र नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्जका अध्यक्ष दिला शाह लगायतको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहाेस् :-

याे पनि पढ्नुहाेस् :-