आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अस्कर-२०२४ मा ‘ओपेनहाइमर’ हाबी, जित्यो ७ अवार्ड

काठमाडौँ — एकेडेमी अवार्ड्स(अस्कर अवार्ड्समा) क्रिस्टोफर नोलनको फिल्म 'ओपेनहाइमर' दबदबा रह्यो । १३ विधामा मनोनयनमा परेको 'ओपेनहाइमर' ले ७ विधामा अवार्ड हात पार्‍यो । 'ओपेनहाइमर' यस वर्षको सर्वोत्कृष्ट फिल्म बन्न सफल भयो ।

सर्वोत्कृष्ट फिल्मका लागि ‌’ओपेनहाइमर’ सँगै ‘अमेरिकन फिक्सन’, ‘एनाटोमी अफ फल’, ‘बार्बी’, ‘द होल्डोभर्स’, ‘किलर्स अफ द फ्लावर मून’, ‘माएस्ट्रो’, ‘पास्ट लाइभ्स’, ‘पुअर थिंग्स’ र ‘द जोन अफ इन्ट्रेस्ट’ फिल्म मनोनयनमा परेका थिए ।

क्रिस्टोफर नोलनले ‘ओपेनहाइमर’ का लागि सर्वोत्कृष्ट निर्देशकको अवार्डसमेत हात पारे । उनलाई चर्चित अमेरिकी फिल्म निर्देशक स्टिभन स्पिलबर्गले अवार्ड दिएका थिए ।

त्यस्तै किलियन मर्फीले सर्वोत्कृष्ट अभिनेता र रोबर्ट डाउनी जुनियरले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड हात पारे । होयते वान होयतेमाले सर्वोत्कृष्ट सिनेमटोग्राफीको अवार्ड जित्दा जेनिफर लेमले सर्वोत्कृष्ट फिल्म सम्पादनको अवार्ड जितिन् । त्यस्तै ‘ओपेनहाइमर’ बाटै लुडविग गोरान्सनले सर्वोत्कृष्ट मौलिक संगीतको अवार्ड हात पारे ।

यस वर्ष सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड भने ‘पुअर थिंग्स’ बाट एम्मा स्टोनले हात पारिन् । ‘पुअर थिंग्स’ ले प्रोडक्सन, कस्ट्युम डिजाइन र मेकअपतर्फ पनि अवार्ड हात पार्न सफल भयो । त्यस्तै यस वर्ष ‘बार्बी’ बाट बिली एलिसले ‘ह्वाट वाज आई मेड फर’ का लागि उत्कृष्ट मौलिक गीतको अवार्ड हात पारिन् ।

अवार्डको पूरा सूची

सर्वोत्कृष्ट फिल्म : ओपेनहाइमर

सर्वोत्कृष्ट अभिनेता : किलियन मर्फी(ओपेनहाइमर)

सर्वोत्कृष्ट सहअभिनेता : रोबर्ट डाउनी जुनियर (ओपेनहाइमर)

सर्वोत्कृष्ट अभिनेत्री : एम्मा स्टोन(पुअर थिंग्स)

सर्वोत्कृष्ट सहअभिनेत्री : डे’भाइन जो र्‍यान्डल्फ(द होल्डोभर्स)

सर्वोत्कृष्ट निर्देशक : क्रिस्टोफर नोलन (ओपेनहाइमर)

सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म : द ब्वाय एन्ड द हेरोन

सर्वोत्कृष्ट रूपान्तरित पटकथा : अमेरिकन फिक्सन

सर्वोत्कृष्ट मौलिक पटकथा : एनाटमी अफ फल

सर्वोत्कृष्ट सिनेमटोग्राफी : ओपेनहाइमर

सर्वोत्कृष्ट वृत्तचित्र फिचर फिल्म : ट्वान्टी डेज इन म्यारियोपोल

सर्वोत्कृष्ट लघु वृत्तचित्र : द लास्ट रिपेयर सप

सर्वोत्कृष्ट फिल्म सम्पादन : ओपेनहाइमर

सर्वोत्कृष्ट अन्तराष्ट्रिय फिचर फिल्म : द जोन अफ इन्ट्रेस्ट

सर्वोत्कृष्ट शृंगार र केससज्जा : पुअर थिंग्स

सर्वोत्कृष्ट मौलिक ध्वनि : ओपेनहाइमर

सर्वोत्कृष्ट मौलिक गीत : ह्वाट वाज आई मेड फर, बिली एलिस(बार्बी)

सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन : पुअर थिंग्स

सर्वोत्कृ्ष्ट एनिमेटेड सर्ट फिल्म : वार इज ओभर ! इन्सपायर्ड बाई त म्युजिक अफ जोन एन्ड योको

सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म : द वन्डरफुल स्टोरी अफ हेनरी सुगर

सर्वोत्कृष्ट ध्वनि : द जोन अफ इन्ट्रेस्ट

सर्वोत्कृष्ट भिजुअल इफेक्ट्स : गोडजिला माइनस वान

प्रतिक्रिया दिनुहाेस् :-

याे पनि पढ्नुहाेस् :-