सोम, पुस ८, २०८१
Mon, December 23, 2024

हमाल र ओलीबीच फिल्म संवाद हुने

काठमाडौँ — अभिनेता राजेश हमाल र पूर्वप्रधानमन्त्री केपी ओलीबीच फिल्म संवाद हुने भएको छ । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणअन्तर्गतको अन्तरक्रियात्मक कार्यक्रममा हुने यी दुईको संवाद आकर्षणको केन्द्र बनेको छ ।

युरोपेली च्याम्पियन्स लिग : सिटी सजिलै अन्तिम आठमा

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले बुधबार एफसी कोपेनहेगनलाई सजिलै पन्छाउँदै युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठको यात्रा तय गरेको छ । एतिहाडमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा सिटी ३–१ ले विजयी रह्यो ।

महिला फुटबल टोलीलाई नगदसहित लोयल्टीको सम्मान 

काठमाडौँ — वाफ महिला च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमबार नगदसहित सम्मानित गरिएको छ । लोयल्टी एकेडेमीले उपविजेता नेपाली टोलीका २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो ।

बुढासुब्बा गोल्डकप : मोरङसँग पुलिस ३-० ले पराजित

सुनसरी — पाँच पटकको उपाधि विजेता बिभागीय टिम नेपाल पुलिस क्लब २४ औं अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ । धरान रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा एन्फा मोरङसँग ३–० गोल अन्तरले पराजित हुँदै पुलिस पहिलो खेलबाटै बाहिरिएको हो ।

इंग्लिस प्रिमियर लिग : न्युकासललाई हराएपछि चेल्सीलाई राहत

काठमाडौँ — कोल पाल्मरले एक गोल गर्दै अर्को गोलमा सहयोगी भूमिका निभाएपछि चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई ३–२ ले हराएको छ । यो जित क्लब र व्यवस्थापक मोउरिसो पोचेटिनोलाई राहतका रूपमा रहेको छ ।

तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान

तिलोत्तमा — घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको रूपन्देहीमा निजी क्षेत्रको लगानीमा ‘एक्स्ट्राटेक ओभल’ अन्तराष्ट्रिय क्रिकेट रंगशाला सञ्चालनमा आएको छ । तिलोत्तमा–१७ स्थित पूर्व दरखसवामा निर्मित क्रिकेट मैदानको सोमबार उद्घाटन गरियो ।

नेपाली राष्ट्रिय फुटबल टोली इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै

लन्डन — नेपालको राष्ट्रिय फुटबल टिमले पहिलोपटक बेलायत आएर इंग्ल्यान्डको ‘सी’ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ । अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिख सोमबार नेपालको राष्ट्रिय टिम र इंग्ल्यान्ड ‘सी’ टिमबीच प्रतिस्पर्धा गराउने भएको हो ।

पीएनजीविरुद्ध सानदार जित हात पार्दै नेपाल फाइनलमा

काठमाडौँ — हङकङमा जारी त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध सानदार जित हात पारेको छ । वर्षाका कारण पहिलो खेल रद्द भएपछि हङकङसँग १/१ अंक बाँडेको नेपालले दोस्रो खेलमा मंगलबार पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

‘नागरिक सम्पत्तिको बिमा गर्न स्थानीय तहले सहयोग गरिदिनुपर्‍यो’

काठमाडौँ — ग्रामीण भेगमा बिमा पहुँच विस्तारका लागि स्थानीय तहले बिमा नीति ल्याउनु पर्ने सरोकारवालाहरुले औंल्याएका छन् । स्थानीय तहमा बिमा नीति नहुँदा नगरपालिका र गाउँपालिकाले नागरिकलाई सहयोग गर्न नसक्दा सो क्षेत्रमा अपेक्षित रुपमा बिमा पहुँच विस्तार हुन नसकेको उनीहरुको भनाइ थियो ।