मङ्ल, मंसिर ४, २०८१
Tue, November 19, 2024

क्याम्पस भवनलाई पूर्णता दिन सात लाख सहयोग

क्याम्पसको नवौँ वार्षिक साधारण सभा तथा चौथो मङ्गल अनुसन्धानात्मक पत्रिका विमोचन गरिँदै ।

वि.सं २०६४ सालमा सामुदायिक रूपमा स्थापित मङ्गल बहुमुखी क्याम्पसको निर्माणाधीन भवनलाई पूर्णता दिनका लागि करिब सात लाख रुपियाँभन्दा सहयोग सङ्कलन भएको छ । शनिबार यहाँस्थित क्याम्पसको नवौँ वार्षिक साधारणसभा तथा चौथो मङ्गल अनुसन्धानात्मक पत्रिका विमोचन कार्यक्रममा सो रकम सङ्कलन भएको जानकारी दिइएको हो । 

कीर्तिपुर नगरपालिकाले १५ लाख र क्याम्पस व्यवस्थापनबाट १५ लाखसहित कुल ३० लाखको बजेटमा चारतला निर्माण भइसकेको भवनलाई पूर्णता दिन क्याम्पसको आजीवन सदस्यबाट सो रकम सङ्कलन भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. लक्ष्मीबहादुर महर्जनले बताउनुभयो ।  

क्याम्पसको भवन निर्माणको लागि श्रीराम महर्जनले एकलाख पचास हजार, प्रा.डा. लक्ष्मीबहादुर महर्जन, प्रा.डा. हरि महर्जन/शोभा महर्जन शाक्यबाट जनही एक–एक लाख, प्रा.डा. श्यामकृष्ण महर्जनबाट ६० हजार पाँचसय, सुधीर महर्जन, राज्यलक्ष्मी शाक्य र प्रदीप महर्जनबाट जनही पचास हजार, रकी महर्जन, रञ्जना महर्जन, खेमनाथ सिटौला, गङ्गालक्ष्मी भण्डारी र पुष्पसिंह थापामगरबाट जनही पच्चीस हजार र गङ्गादेवी हायेंजु, उपेश महर्जन, लक्ष्मण के सी र बिन्दु महर्जनबाट २२ हजार रुपियाँ सहयोग प्राप्त भएको छ ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्य महर्जनले कीर्तिपुर क्षेत्रको शैक्षिक उन्नयनका लागि एक घर–एक स्नातकको नीतिले शैक्षिक सुधारका लागि प्रयास गरिएको बताउनुभयो ।

प्रा.डा. शिवशरण महर्जनले सैद्धान्तिक र व्यावहारिक शिक्षासहित अनुसन्धानात्मक कार्यशाला गर्ने भएकाले पछिल्लो समयमा कीर्तिपुरको शैक्षिक जागरणमा कोशेढुंगा भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहाेस् :-

याे पनि पढ्नुहाेस् :-