बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

कबड्डी सुपर लिगमा आर्मी र पुलिस च्याम्पियन

काठमाडौँ — नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाल कबड्डी संघको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्फ र आर्मीले पुरुषतर्फ कबड्डी लिगको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ४०–१३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि जित्यो ।

पुरुषतर्फ पनि सशस्त्र प्रहरी बलको एपीएफ टोली उपाधि जित्न असफल रह्यो । एपीएफ फाइनलमा विभागीय प्रतिद्वन्द्वी आर्मीसँग ३४–२४ स्कोरको अन्तरले पराजित हुन पुग्यो ।

विजेता पुलिस र आर्मीले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्‍यो । एपीएफको महिला र पुरुष दुवै टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार चित्त बुझाउनु पर्‍यो । बुधबारदेखि भएको सुरु भएको दुई दिने प्रतियोगितामा पुरुषतर्फ आर्मीका प्रदीप मिजार र महिलामा मानमति बिष्ट उत्कृष्ट खेलाडी घोषित भए । दुवैले ट्रफी प्राप्त गरे ।

प्रतिक्रिया दिनुहाेस् :-

याे पनि पढ्नुहाेस् :-