आइत, मंसिर १६, २०८१
Sun, December 1, 2024

नेप्सेमा २२ अंकको वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ — सातामा पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक २२.१० अंकले बढेर २ हजार ५२.६५ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १.०८ प्रतिशतको वृद्धि हो । गत साता बुधबार र बिहीबार दुबै दिन बढेको नेप्सेले आइतबार पनि सोही प्रवृति पछ्याएको हो ।आइतबार नेप्से बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । ५६ हजार ७ सय २६ वटा कारोबारबाट ७० लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा २ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । गत बिहीबार ३ अर्ब १९ करोडको कारोबार भएको थियो ।

आइतबार नेप्से बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । ५६ हजार ७ सय २६ वटा कारोबारबाट ७० लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा २ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । गत बिहीबार ३ अर्ब १९ करोडको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये १ सय ९४ कम्पनीको सेयर मूल्य बढ्यो, ४६ वटाको घट्यो र ४ वटाको स्थिर रहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस् :-

याे पनि पढ्नुहाेस् :-